सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जनआन्दोलन शान्तिपूर्ण भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा : जनआन्दोलन समिति

जनआन्दोलन शान्तिपूर्ण भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा : जनआन्दोलन समिति

१४ जेठ , काठमाडौं । पूर्ण लोकतन्त्र सहितको संवैधानिक राजसंस्था स्थापनाको लागि  संयुक्त जनआन्दोलन समितिले भोलि जेठ १५ गतेदेखि सुरु हुने जनआन्दोलन पूर्णतः भद्र अवज्ञा र सत्याग्रहको स्वरुपमा अघि बढाइने बताएको छ। समितिका संयोजक नवराज सुवेदीद्वारा बुधबार जारी अपिलमा भनिएको आन्दोलन शान्तिपूर्ण हुने उल्लेख छ ।

समितिले  मंगलबार संपादकहरुसंग गरेको अन्तक्रिर्यामा समेत नेताहरुले शान्तिपूर्ण आन्दोलनमा सरकारले नै हिंसा मच्चाउन खोजेकोमा चिन्ता जनाएका थिए। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं एमालेको कब्जामा राख्न पार्टी कार्यकर्तालाई निर्देशन दिएपछि उनको आलोचना भएको थियो। राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री ओलीलाई उत्तेजनात्मक र अशोभनीय अभिव्यक्ति नदिन आग्रह गरेको थियो।

सुवेदीको अपिलमा आन्दोलनको मूल उद्देश्य संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको माग रहेको उल्लेख गरिएको छ। अपिलमा देश वर्तमान अवस्थामा भ्रष्टाचार, बेथिति र चौतर्फी संकटमा फँसेको उल्लेख गर्दै अब अवस्था र व्यवस्था परिवर्तन अपरिहार्य भएको दाबी गरिएको छ।

त्यस्तै , सरकारका तर्फबाट आन्दोलनमाथि सम्भावित दमनको चेतावनी र प्रधानमन्त्री केपी शर्मा ओलीको काठमाडौंतर्फको नियन्त्रणको घोषणा सन्दर्भमा समितिले गम्भीर आपत्ति जनाएको छ। समितिले मानव अधिकार आयोग, सञ्चारमाध्यम र अन्य अधिकारसम्बन्धी संस्थाहरुलाई तीनकुने घटनाजस्तै संभावित हिंसात्मक अवस्थाप्रति चनाखो रहन आग्रह गरेको छ।

(- फाइल फोटो )

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend