१३ जेठ ,काठमाडौँ । नेपाल पत्रकार महासंघले नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई राज्यविरुद्धको कसुरलगायतका आरोप लगाउँदै मुद्दा दायर गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ।
गत चैत १५ गते काठमाडौं तीनकुनेमा राजसंस्था पक्षधरको आन्दोलनको घटनाका सन्दर्भलाई लिएर दाहालमाथि मुद्दा दायर भएको महासंघ काठमाडौं शाखाले जनाएको छ ।
स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटिरहेका दाहालले संकलन गरेका प्रशस्त तस्बिर तथा भिडियो सामग्रीहरू सार्वजनिक घटनाको अनुसन्धानका लागि समेत प्रयोग भइरहेको अवस्थामा लगाइएको यो आरोपलाई महासंघले स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप र प्रहारको रुपमा लिएको छ ।
‘महासंघ यो हस्तक्षेपप्रति खेद प्रकट गदैं कडा आपत्ति प्रकट गर्दछ । र, घटनाको छानबिन गरी महासंघका सदस्य दाहालमाथि लगाइएको मुद्दा तत्काल फिर्ता लिई संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको उपभोगको वातावरणका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ,’महासचिव रामप्रसाद दाहालद्धारा हस्ताक्षरित प्रैस विज्ञप्तिमा भनिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend