बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

भिजिट भिसा प्रकरण: माओवादी केन्द्रले माग्यो गृहमन्त्री लेखकको राजीनामा

भिजिट भिसा प्रकरण: माओवादी केन्द्रले माग्यो गृहमन्त्री लेखकको राजीनामा

१२ जेठ ,काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा मार्फत मानव तस्करी गरेर आपराधिक लाभ लिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारीहरुको बैठकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

उक्त बैठकपछि माओवादी प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तुरुन्त राजीनामा दिएर छानबिनलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको बताए । उनले राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा शक्तिको दुरुपयोग हुन नदिनका लागि पनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिए।  गृहमन्त्रीले राजीनामा दिन ढिला गरे राज्यको साख गिर्ने उनले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend