काठमाडौं । कुलेश्वरस्थित एटलस बचत तथा ऋण सहकारी संस्थाले १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार ( १० जेठ ) सोल्टीमोड, काठमाडौंमा सस्थाका अध्यक्ष माणिकलाल प्रधान तथा रास्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्ष बिजयराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिबेदन छलफल र सुझावसहित पारित गरेको छ ।
साधारणसभाले समीक्षा आर्थिक वर्ष आ.व. २०८०/०८१ को लेखापरिक्षण प्रतिबेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत पारित गरेको छ।
संस्थाले समीक्षा आ.व. को संचित मुनाफाबाट सदस्यहरुलाई पाँच प्रतिशत नगद लाभांश प्रदान गरेको छ।
सहकारीको प्रतिवेदन अनुसार चालू आ.व.मा सस्थाको शेयर पूँजी ४ करोड ५३ लाख ७५ हजार ३०० रुपैयाँ भइ निक्षेप हिसाब ४७ करोड ७१ लाख ८० हजार ७८४ रुपैयाँको भएको छ । यसैगरी ३७ करोड ५९ लाख ८६ हजार ६१५ रुपैयाँ कर्जा तथा लगानी रहेको सो सहकारीले १ करोड १० लाख ६६५ रुपैयाँ नाफा आर्जन गरी चालू आ.व.मा ६१ करोड ८९ लाख १९ हजार ७१५ रुपैयाँको कुल कारोबार गर्न सफल भएको छ ।
समारोहमा प्रमुख अतिथि घिमिरे, ज्येष्ठ नागरिक, उत्कृष्ट कारोबारी तथा सहकारीका एक कर्मचारीसहितलाई नगद चाँदीको सिक्कासमेत प्रदान गरी सम्मान गरिएको थियो । विविध प्राविधिक कारणले गर्दा साधारणसभा पौष मसान्तसम्ममा गर्न नसकिएको जानकारीसमेत गराइएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend