सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेको इन्स्योरेन्स लिमिटेडको २९औं साधारणसभाबाट ७% बोनस शेयर पारित

नेको इन्स्योरेन्स लिमिटेडको २९औं साधारणसभाबाट ७% बोनस शेयर पारित

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारणसभा यही जेठ ९ गते शुक्रबार नक्सालस्थित लिसरा रिसेप्सनमा सम्पन्न भएको छ। सभाले समीक्षा आर्थिक वर्ष २०८१/८२ को चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते १ दिन बुक क्लोज गरेकोले वैशाख २९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend