सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य पदमा दरखास्त आव्हान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य पदमा दरखास्त आव्हान

११ जेष्ठ, काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आव्हान गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १०३ङ बमोजिम गठित सिफारिस समितिले नेपाल सरकारसमक्ष योग्य उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने प्रक्रियाअनुरूप सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको हो ।

सूचनामा अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिहरूले दरखास्त दिन सक्ने उल्लेख गरिएको छ । साथै, ती व्यक्तिहरूले नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य अनुभव हासिल गरेका वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा पन्ध्र वर्ष कार्य गरेका हुनुपर्नेछ ।

यस्तै, विज्ञ सदस्य पदका लागि पनि सोही शैक्षिक पृष्ठभूमिमा स्नातकोत्तर तह उत्तीर्ण गरेका व्यक्तिहरूले अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक, वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा दश वर्ष कार्य अनुभव प्राप्त गरेको प्रमाणित गर्नुपर्ने छ । नियुक्तिको प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउनका लागि योग्यता, अनुभव र सम्बन्धित क्षेत्रको योगदानलाई मूल आधार मानिने बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend