बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राजा र गणतंत्रवादी सबै अटाउने मौलिक व्यवस्था अवलम्बन गरौं – राजेन्द्र लिङ्‌देन

राजा र गणतंत्रवादी सबै अटाउने मौलिक व्यवस्था अवलम्बन गरौं – राजेन्द्र लिङ्‌देन

 

जेठ १०, काठमान्डौ । राजधानीमा रा.प्र.पा वडा नं. ९ ले आयोजना गरेको एक भेला लाई संवोधन गर्दै रा.प्र.पा अध्यक्ष राजेन्द्र लिङ्‌देनले अव पनि दलहरु नसुध्रिने र राजा साहितको मौलिक व्यवस्था अवलम्बन गर्न तयार नहुने हो भने जनताको विद्र‌ोहलाई कसैले रोक्न नसक्ने वताएका छन् ।

” यस पटकको आन्दोलनमा म सबैभन्दा अगाडी हुन्छु, कुनै कार्यकर्तालाई केहि हुन दिन्न । गत चैत्र १५ को जस्तो घटना अव हुँदैन, हामीले राष्ट्रिय मानवअधिकार आयोग नेपाल का साथै अन्तरास्ट्रिय मानवअधिकार संथ संस्थाहरूलाई समेत आन्दोलनको अनुगमन गर्न अनुरोध गरिसकेका छौ। त्यसैले तपाइहरु जेठ १५ गते घर दैलो वन्द गरेर स-परिवार आन्दोलनमा आउनुस। अब ढिलो भइसक्यो, देश गंभिर संकटमा गइसक्यो, सबै जाना सकेसम्म कालो छाता लिएर आउनुहोला।”, अध्यक्ष लिङदेनले भने।

सो भेलामा रा.प्र.पा काठमान्डौ अध्यक्ष नवराज सिंखडा, राधेश्याम थापा, अभिषेक ध्वज राणा, कमल वम, केशव ध्वज राणा, सोभित उप्रेती, कविता उप्रेती, यादब चापागाई लगायत सय भन्दा वढी नेता कार्यकर्ताहरु को उपस्थिति थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend