बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

जनआन्दोलन समितिको जेठ १५ गते देखिको आन्दोलनको अनुगमन गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध

जनआन्दोलन समितिको जेठ १५ गते देखिको आन्दोलनको अनुगमन गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध

काठमाडौं जेठ ९ गते।  संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते देखिको आन्दोलनको प्रभावकारी अनुगमन गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध गरेको छ।

संयुक्त जनआन्दोलन समितिका चार शिर्ष नेताहरु नवजराज सुवेदी, राजेन्द्र लिङ्‌देन, कमल थापा, केशरवहादुर विष्ट तथा युवा नेता सगुन लावतीको एक टिमले आज राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष सित भेट गरी आगामी जेठ १५ देखि हुने आन्दोलन‌को प्रभावकारी र निष्पक्ष अनुगमन गरिदिन अनुरोध गरेको छ।

नेपालको संविधान २०७२ अन्तर्गत भेला हुन पाउने, विरोध गर्न पाउने आफ्नो अधिकारको प्रयोग गर्दै आन्दोलन गर्न लागेको आफूहरूलाई सरकारका जिम्मेवार व्यक्तिहरू र मंत्रीहरुवाट नै आफूहरु प्रति धम्किपूर्ण अभिव्यक्ति आइरहेकोले मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको बताएका छन।

गत चैत्र १५ गते तिनकुनेको शान्तीपुर्ण आन्दोलनमा सरकारले नियोजित रुपवाट प्रदर्शनलाइ हिंसक बनाइ आन्दोलन माथी क्रूर दमन गरेको, त्यस घटनामान सन्लग्नको आरोप लगाइ आफ्ना ६० भन्दा वढी नेता कार्यकताहरुलाई थुनामा राखिरहेको ले यसको निष्पक्ष छानवीन गर्न आयोगको ध्यानाकर्षण पनि गराएको छ।

यसकारण आगामी आन्दोलनमा मानवअधिकारको उलंघन हुन नदिन आवश्यक परे हस्तक्षेपकारी भुमिका समेत निर्वाह गर्न आयोग समक्ष अनुरोध गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend