सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सान्भी इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला

सान्भी इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला

 

९ जेठ, काठमाडौं ।   सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि आईपीओ वितरण गरिसकेको थियो। अब भने  शुक्रबारदेखि सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो।

कम्पनीको सार्वजनिक सूचना अनुसार, सर्वसाधारणले जेठ १३ गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

‘मेरोसेयर’ अनलाइन प्रणालीमार्फत न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर जारी गर्न लागेकोमा म्युचुअल फन्ड, कर्मचारी, वैदेशिक रोजगारी र आयोजना प्रभावित समुहलाई छुट्याएपछि २४ लाख १५ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।


 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend