सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

 


९ जेठ, काठमाडौं ।   नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का तथा फुकुवा प्रक्रिया सञ्चालन गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विभागका तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार, अब काठमाडौं उपत्यकाभित्र कोषले उपलब्ध गराउने आवास तथा सरल कर्जासम्बन्धी धितो प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ।

कोषका अनुसार, यो प्रणालीबाट सेवा छिटो, पारदर्शी र प्रभावकारी हुने विश्वास गरिएको छ। सेवाग्राहीको समय, श्रम र खर्चको बचत हुनुका साथै सरकारी सेवा प्रक्रियामा डिजिटलीकरणको एक महत्वपूर्ण कदमका रूपमा यो सम्झौता लिइएको छ।


 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend