बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

संयुक्त जनआन्दोलन समितिले प्रवुद्ध वर्गसित गर्‍यो छलफल

संयुक्त जनआन्दोलन समितिले प्रवुद्ध वर्गसित गर्‍यो छलफल

 

जेठ ६ गते । राजधानीमा आयोजित एक कार्यक्रमकामा आगामी जेठ १५ देखिको अनिश्चितकालीन आन्दोलनको लागी समर्थन जुटाउने उद्देश्यले प्रवुद्ध वर्गसित संवाद र छलफल गरेको छ।

सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै रा.प्र.पा. नेपालका अध्यक्ष कमल थापाले रा.प्र.पा नेपालको दवावको कारण गणतंत्र, धर्मनिरपेक्षता र संघियतालाई संविधानमा परिवर्तनिय मा राखिएको, यदि रा.प्र.पा नेपालले दवाव नदिएको भए आज राजसंस्थाको पक्ष‌मा एक शब्द पनि वोल्न पाइने थिएन। यो कुरा नविर्सिन उनले सबैलाइ आग्रह गरे।

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर वहादुर विष्टले अव देखि सबैले आ-आफ्नो दंभ र घमंड त्याग गरेर एक भएर जाने प्रण गर्न आग्रह गरे। अवको रोडम्याप पृथ्वीपथ हुनुपर्ने र यसलाई नै मार्गनिर्देशक सिद्धात मन्नु पर्ने उनले वताए।

यसैगरी रा.प्र.पा अध्यक्ष राजेन्द्र लिङ्‌देनले नयाँ सम्झौतामा आइ राजा संहितको मौलिक व्यवस्था अवलम्बन गर्न दलहरु लाइ आग्रह गरे । उनले जनदवाव सिर्जना गरेर पनि समझदारीमा आउन सकिने भएकाले लाखौं मान्छे सडकमा आउन आग्रह गरे।

यसपटकको आन्दोलन शान्तीपूर्ण हुने, आन्दोलनको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग का साथै अन्तराष्ट्रिय मानवअधिकार संघ संस्थहरु लाई अनुरोध गरिने भएकाले गत चैत्र १५ को जस्तो राज्यपक्षले मनपरी दमन गर्न नसक्ने उनले वताए।

सो कार्यक्रममा पत्रकार युवराज घिमिरे, ध्रुवहरि अधिकारी, राजनितिक विश्लेषक अर्जुन ज्ञवाली, पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेल, प्राध्यापक पुष्प अधिकारी, प्राध्यापक डा. अवधेश कुमार ठाकुर, अभियन्ता सुवास ढकाल, अभियन्ता राम गोपाल यादव, विष्णु देव पन्त, पूर्व नेपाली सेनाका जर्नल भरत रायमाझी, प्राध्यापक राम कुमार पाण्डे, पृथ्वीविचारक भरत बस्नेत, सामाजिक अभियन्ता कविता आचार्य लगायतले आफ्नो मन्तव्य राखी आन्दोलनमा एक्यवद्धता जनाएका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend