सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत

विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत

काठमाडौँ । विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेका छन् । आइतबार ( २८ वैशाख ) संघीय संसदमा अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री पौडेलले विधेयकमा सीमित स्रोत साधनको परिचालनबाट विकास, सेवा प्रवाह र जनताको जीवनस्तरमा उल्लेखनीय सुधार गर्नुपर्ने अवस्था , अहिले पनि मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउँदै नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रता हासिल गर्ने अभिभारा काँधमा रहेको उल्लेख गरेका छन्  ।

त्यस्तै , अहिलेको परिस्थितिमा विकासको ढाँचा, गति र संस्कृति बदल्न, राष्ट्रिय आवश्यकता अनुरूपको आर्थिक सुधार गर्न, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीव्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत, साधन र सामर्थ्य परिचालन गर्नु जरुरी रहेको उल्लेख छ । सरकारको नीति तथा कार्यक्रमको मार्गदर्शनमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक प्रस्तुत गर्दा त्यसका सिद्धान्तलाई आधार बनाउन आवश्यक हुन्छ । जसले गर्दा संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरूप सिद्धान्तहरूका आधारमा बजेट आउने अर्थमन्त्री पौडेलले बताएका छन्  ।

( – फाइल फोटो )

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend