सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न

रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न

२९ वैशाख , काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। केमसानका अध्यक्ष भक्त बहादुर हमालको सभापतित्वमा काठमाडौंमा सम्पन्न साधारणसभामा संस्थाका वर्तमान पदाधिकारीहरु, संस्थापक अध्यक्ष सुशील थापा , निवर्तमान अध्यक्ष सुरेश घिमिरे , केमसानका विभिन्न शाखाका अध्यक्षहरु तथा केमसानका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष भक्त बहादुर हमालले अहिले बन्दै गरेको औषधि ऐनका प्रावधानप्रति व्यवसायीहरु चनाखो रहनुपर्ने बताएका छन्  ।

“२०३५ सालमा बनेको औषधि ऐन हाल परिमार्जन हुने क्रममा ‘औषधि तथा स्वास्थ्य सामग्री ऐन’ को विधेयकको संसदमा प्रस्तुत हुँदैछ। नयाँ बन्ने ऐनमा व्यवसायीहरुका हकहितको संरक्षण गर्नमा केमसान केन्द्रीय समिति लागिरहेको छ” , अध्यक्ष हमालले भने। उनले औषधिमा ‘एमआरपी’ लागु गर्नु उचित भएपनि यसको नियमनको नाममा व्यवसायीहरूलाई अनावश्यक दु:ख दिन नहुनेमा जोड दिए।

नेपालको स्वास्थ्य क्षेत्रलाई आवश्यक पर्ने पर्याप्त जनशक्ति देशमा नै उत्पादन गर्नसक्ने गरि मेडिकल कलेजहरुको संख्या बढाउन आवश्यक रहेकोमा पनि उनले जोड दिए। उनले उद्योग वाणिज्य महासंघले पनि समग्र स्वास्थ्य क्षेत्रका समस्या सरकार समक्ष प्रभावकारी रुपले राख्नुपर्ने बताए ।

साधारणसभाले महासचिव विनोद मानन्धरद्वारा प्रस्तुत गरिएको संस्थाको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गणेश सापकोटाले प्रस्तुत गरेका कोषाध्यक्षको प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

सभाले संस्थाको लेखापरीक्षक र कानूनी सल्लाहकार नियुक्तिलाई अनुमोदन गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend