२८ वैशाख , काठमाडौं । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समिति’ का सदस्य तथा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई आज प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समिति घोर आपत्ति प्रकट गरेको छ ।
“संविधान प्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रता, फरक मत राख्ने नैसर्गिक अधिकार प्रजातन्त्रको सौन्दर्य हो, विश्वव्यापी रुपमा स्थापित मानव अधिकार हो । तथापि राष्ट्र राष्ट्रियता र धर्म संस्कृतिको रक्षार्थ क्रियाशील व्यक्तित्व बस्नेतलाई सरकारले संयुक्त जनआन्दोलन समितिको वैठकस्थल नवदुर्गा पार्टी प्यालेसबाट गैरजिम्मेवार रुपमा पक्राउ गरेको छ ” , समितिले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मानव अधिकार र प्रजातान्त्रिक अधिकार हनन् गर्ने सरकारको यस कदमको घोर निन्दा गर्दै तीनकुने गोलीकाण्डमा बस्नेतको कुनै संलग्नता नरहेको र शान्तिकामी नागरिकलाई यसरी आतङ्कित तुल्याउने कार्य सरकारले नछोडेकोमा समितिले सरकारको आलोचना गरेको छ।
अनिल बस्नेत लगायत सबै आस्थाका बन्दीहरुलाई तत्काल रिहाइका लागि संयुक्त जनआन्दोलन समितिले माग गरेको छ ।
(- फाइल फोटो )
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend