सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

२८ वैशाख , काठमाडौं । प्रतिनिधिसभा तथा राष्ट्रियसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम दुवै सदनमा छलफलपछि पारित भएको हो ।

उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा २२ वैशाखदेखि सुरु भएको छलफल शुक्रबार सकिएको थियो । छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमाथि आज आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका हुन्  ।

प्रधानमन्त्रीको जवाफ पछ सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि विभिन्न सांसद्ले पेश गरेका संशोधन प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ती सबै अस्वीकृत भएपछि अन्तिममा सभामुखले सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव ध्वनी मतको आधारमा बहुमतले पारित भएको हो ।

त्यस्तै, आइतबारकै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका छन् । आगामी ३० वैशाखमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।

नेपालको संविधानअनुसार प्रत्येक वर्षको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको विनियोजन विधेयक (बजेट) संघीय संसद्को संयुक्त बैठकमा पेश गर्ने व्यवस्था छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend