सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

२४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी

२४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी

२७ वैशाख ,काठमाडौं । बज्र इनर्जी भेन्चर्स प्रालिले कास्कीको मादी गाउँपालिकामा  निर्माण गर्न लागेको  २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन भएको छ। शुक्रबार ( २६ वैशाख ) उक्त परियोजनामा  एनएमबि बैंक र कृषि विकास बैंकले लगानी गर्ने  सम्झौता भएको छ। उक्त आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहनेछ ।

२४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत रु. ५ अर्ब ३५ करोड रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

परियोजनाको लगानी सहमति सार्वजनिक गर्न आयोजित समारोहमा  सोही समूहबाट लगानी गरिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा निर्माण सम्पन्न  २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.स. २०८१ साल कात्तिक २७ गते मध्यान्ह १२ बजे देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो । उक्त आयोजनामा  एनएमबि बैंकको अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend