सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आशा र उन्नतिका विषयमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

आशा र उन्नतिका विषयमा लाग्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

२५ वैशाख , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्त्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरूलाई निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गरेका छन् ।

‘म खासगरी युवाहरूलाई भन्न चाहन्छु, हाम्रो देश हामीले नै बनाउने हो, अरु आएर बनाउने होइन । केही भएन भनेर निराशा मात्र फैलाउने होइन, हामी सबै मिलेर केही गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने । लोकान्तर संचारको नवौं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित विशेष समारोहमा आशा र उन्नतिका विषयमा कुरा गर्दै प्रधानमन्त्री ओलीले देशमा केही भएन भन्ने मात्र नभएर केही गर्न लाग्नुपर्ने बताए ।

मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरूमा निराशा छाउनुको कारण के होला ? भन्ने प्रस्तोता विमल गौतमको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘केही फेसबुक र युट्युब र आँखामा कालो पत्ती बाँधेर हेर्ने दृष्टिकोण भएकाहरूका कारण निराशा छ भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।’

‘ आशावाद र विकासको काम गर्नु अहिलेको आवश्यकता हो । लोकतन्त्र श्रेष्ठ विकल्प भएकोले यसैबाट देशको विकास हुनसक्छ । यसको विकल्प छैन, त्यसैगरी आशावादीता ठिक बाटो हो, यसलाई छोड्न हुँदैन,’ उनले भने ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend