२४ वैशाख , काठमाडौं । ‘राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समिति’ ले भोलि नयाँ चरणको आन्दोलन घोषणा गर्ने भएको छ । नवराज सुवेदी नेतृत्वको समितिको आयोजनामा बिहीबार १ बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको हो । कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरूले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी रहेको समितिले जनाएको छ ।
सो घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट पनि उपस्थित हुने जनाइएको छ । यस्तै, नेपाली काङ्ग्रेस (बीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दूवादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि नवराज सुबेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरेका छन् ।
( – फाइल फोटो )
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend