२४ वैशाख, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मन्त्रालयअन्तर्गतको डिजिटल प्रविधिलाई तत्काल स्तरोन्नति गरी नागरिकलाई प्रभावकारी सेवा दिन निर्देशन दिएका छन्।
मंगलबार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री भण्डारीले यस्तो निर्देशन दिएका हुन । उनले श्रम बजार सूचना प्रणाली निर्माणमा ढिलाइ नगर्न पनि निर्देशन दिएका छन्। श्रम संसार पोर्टलमा वैदेशिक रोजगार, सीप विकास र रोजगारसम्बन्धी सेवाहरूलाई स्थानीय तहमै उपलब्ध गराउने गरी प्रणालीलाई विस्तार गर्नुपर्ने मन्त्रीको निर्देशन छ। उनले आन्तरिक रोजगार व्यवस्थापन महाशाखालाई डिजिटलाइजेसनको नेतृत्व गर्न र मिति तोकेर काम अघि बढाउन आग्रह गरेका थिए।
आगामी वर्षदेखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड, र व्यावसायिक सिप प्रतिष्ठानमार्फत् सेवा प्रवाह हुने पनि मन्त्री भण्डारीले बताएका छन् । छलफलमा सूचना प्रविधि विज्ञ, मन्त्रालयका अधिकारी, विश्व बैंक, स्विस कन्ट्याक्ट, सामी, र रेमी परियोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend