बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

बस्नेतको ‘बाई द बुक’ विमोचन

बस्नेतको ‘बाई द बुक’ विमोचन

२० बैशाख, काठमाडौँ । ‘बाई द बुक’ को एक कार्यक्रमकाबीच औपचारिक विमोचन गरिएको छ। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्धारा लिखित पुस्तक शनिबार विमोचन गरिएको हो।

हिमालयन बैंकका सीइओ अशोक सम्शेर जबरा, कर्मचारी सञ्चयकोषका पूर्वप्रमुख प्रशासक संसारभक्त श्रेष्ठ र श्रीमती सुनिता बस्नेतले पुस्तक विमोचन गरेका हुन्। कार्यक्रममा बस्नेतले आफ्नी आमा आशारानी बस्नेतबाट पुस्तक ग्रहण गरेका थिए।

कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष बस्नेतले भने ‘किताब लेखिनुको मुख्य कारण व्यवस्थापन नै हो। हामीले नव उद्यमी, व्यवस्थापनका विद्यार्थी लक्षित किताब निकालेका हौँ। यो राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले किताब लेखिएको हो। सपना देख्ने सबैलाई प्रेरणा दिने किताब हो ‘बाइ द बुक’।

स्वर्गीय बुबालाई स्मरण गर्दैँ उनले भने ‘५८ वर्षसम्म म बुबासँग बसेँ। मेरो सबैभन्दा ठूलो गुरु बुबा नै हुनुहुन्छ। बुबा म ५९ वर्ष हुँदा स्वर्गीय हुनुभयो। टुहुरो महसुस गरेँ। हामीलाई बुबाले आफ्नो सेयर हस्तान्तरण गर्नुभएको थियो। डेबिट इक्विटी रेसियो २।५ संस्थागत गराइदिनुभयो। इक्विटी भन्दा साढे २ गुणाभन्दा ऋण लिन नपाइने व्यवस्था बनाइदिएर जानुभयो।’

उनले कम्पनी सबैको संयुक्त प्रयासले चलेको बताए। ‘म एक्लैले बुद्ध एयरमार्फत दैनिक १६० उडान गर्न असम्भव छ। बुद्ध एयरलाई यहाँसम्म ल्याउन सहकर्मी कर्मचारीको ठूलो योगदान छ,’ उनले भने, ‘वर्षको ३० लाख यात्रुलाइ सेवा दिन सफल भएका छौँ। सबै कर्मचारीले स्वामित्व महसुस गर्दै आउनुभएको छ।’

सन् १९९७ मा ४ जनाबाट सुरु भएको वायुसेवा १५ सयको परिवारमा विस्तार भएको कथा किताबमा उल्लेख छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend