१८ वैशाख , काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो महाधिवेशन आज काठमाडौंमा हुँदैछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा महाधिवेशनको समुद्घाटन कार्यक्रम हुने महासंघले जनाएको छ ।
यसैबीच , महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले जानकारी दिएका छन् । काठमाडौंको सानो भर्याङस्थित बुद्धप्यालेस ब्याङक्वेटमा हुने महाधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।
महासंघसँग ३५ वटा आवद्ध संघ छन् । संघहरुमार्फत ७७ वटै जिल्लाका व्यवसायीहरुलाई समेट्ने योजना रहेको महासंघले जनाएको छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरु काठमाठौं आउने क्रम जारी रहेको वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्माले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend