१५ जेठ, काठमाडौं । आज १ बजे हुने भनिएको बजेट भाषण ३ बजेका लागि सारिएको छ । सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि ३ बजेका लागि सारिएको छ । संसद्मा प्रस्तुत गर्न लागिएको बजेट पारितका लागि बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सर्दा बजेट भाषण पनि सरेको हो ।
मन्त्रिपरिषद्को बैठक १ बजे बसेर बजेट पारित गर्नेछ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend