बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

वाणिज्य बैंकका कार्यकारी प्रमुख खनालले लिए शपथ

वाणिज्य बैंकका कार्यकारी प्रमुख खनालले लिए शपथ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82?

१२ जेठ , काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नियुक्त भएका देवेन्द्ररमण खनालले शुक्रबार पद तथा गोनियताको शपथ लिएका छन्। खनालले बैंक संचालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाबाट शपथ लिएका हुन्।

बैंक सञ्चालक समितिले खनाललाई सीईओमा आगामी चार वर्षका लागि नियुक्त गरेको हो। ऊनी  खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन्। वि. सं. २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले एमबीए पनि गरेका छन्।


राष्ट्रिय वाणिज्य  बैंकको शाखा कार्यालय प्रमुख, प्रादेशिक कार्यालय, कर्जा लगायत विभिन्न विभागको जिम्मेवारीमा रहेका खनालसँग डेढ दशक बढी बैंकिङ क्षेत्रको अनुभव रहेको छ।  पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनाल कायम मुकायम सीईओको भूमिकामा रहेका थिए।

वाणिज्य बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम छनौट  गरेर अन्तवार्ताका लागि बोलाएको थियो। अन्तवार्तापछि समितिले ३ जनाको नाम सञ्चालक समितिमा पेस गरेकोमा खनाल छनौट भएका हुन्। खुल्ला रूपमा सीईओका लागि आवेदन माग हुँदा १९ जनाको आवेदन परेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend