बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

राइटपाथको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” सम्पन्न

राइटपाथको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” सम्पन्न

ललितपुर । विदेशका विभिन्न युनिभर्सिटीमा उच्चशिक्षाका लागि जान चाहने नेपाली विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श प्रदान गर्ने संस्था राइटपाथ करियर काउन्सिलिङले “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” सम्पन्न गरेको छ।

उक्त वृहद् कनक्लेभ काठमाडौंबाट देशका विभिन्न शहर हुँदै ललितपुरमा आएर मंगलबार सम्पन्न भएको हो। वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म चलेको सो शैक्षिक मेला वैशाख २९ गते काठमाडौंमा , वैशाख ३१ गते धनकुटामा , जेठ ३ गते हेटौंडामा , जेठ ४ गते चितवनमा , जेठ ५ गते बुटवलमा , जेठ ६ गते दाङमा र जेठ ८ गते ललितपुरको कुमारीपाटीमा शाखामा आएर सम्पन्न भएको राइटपाथले जनाएको छ।

यस ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । विद्यार्थीमा उच्चशिक्षा हाँसिल गर्न जाने चाहना र रुची बढ्दो देखिएको संस्थाले जनाएको छ ।

यस कार्यक्रममा उच्चशिक्षा हाँसिल गर्न विद्यार्थीहरुले बुझ्न चाहेको सहि सूचना उपलब्ध गराउन संस्था सफल भएको राइटपाथका संस्थापक तथा कार्यकारी प्रमुख फिलिप डिसीले विश्वास व्यक्त गरे। फिलिपले यस कनक्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरु तथा Test Prepration, IELTS, PTE साथै बैंक, इन्स्युरेन्स्को समेत उपस्थिती रहेको जानकारी दिए । ग्राण्ड एजुकेसन कनक्लेभमा अमेरिका, अष्ट्रे‌लिया, बेलायत, क्यानडा, कोरिया, डेनमार्क, युएई लगायत विभिन्न देशको बारेमा विद्यार्थीहरुले प्रत्यक्षरुपमा काउन्सिलिङ लिने अवसर पाएका उनले बताए ।

सो कार्यक्रम अन्तर्गत संस्थाले विभिन्न देशका युनिर्भसिटिको स्कलरसिप देखि ६ हजार पर्ने IELTS मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफर विद्यार्थीहरुलाई प्रदान गरिएको उनले बताए । त्यस्तै विद्यार्थीहरुका लागी शतप्रतिशत प्रोसेसिङ्ग शुल्कमा छुट गरेका थियौं भने उपस्थीत विद्यार्थीहरुलाई फ्रि मुभि टिकटका साथमा आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो ।

उक्त कन्क्लेभमा वरिष्ठ गायीका अन्जु पन्त र मिस नेपाल २०१६ तथा राइटपाथकी ब्राण्ड एम्बास्डर अश्मि श्रेष्ठ पनि उपस्थीत भई विद्यार्थीहरुला हौसला दिएको राइटपाथले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend