सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक

मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक

८ जेष्ठ, काठमाडौं । गायक मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ। आफ्नै शब्द र स्वरमा सजिएको ‘धनकुटाको सल्लेरी वनैमा’ गीत राजधानीमा आयोजित एक कार्यक्रमार्फत् सार्वजनिक भएको हो।

पप गायक ओमविक्रम विष्टले गायक तिवारीको युट्युब च्यानलमार्फत् ‘धनकुटाको सल्लेरी वनैमा’गीत सार्वजनिक गरेका हुन्। ललितपुरमा आयोजित गीत सार्वजनिक कार्यक्रममा पप स्टार विष्ट, गायिका एन्जेला श्रेष्ठसहित गीतको टिम र चलचित्र क्षेत्रमा कलम चलाउने पत्रकारको उपस्थिति थियो।

गीतको रचना गायक तिवारी आफैले गर्नुभएको हो। गीत सिर्जना र संयोजनमा सन्तोष थापालेसमेत मेहनत गरेका छन्। अनिल स्टुडियोमा एरेन्ज भएको गीतमा बाँसुरीको धुनका लागि किरण बरालले मेहनत गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend