८ जेष्ठ, काठमाडौं । नेपाल नर्सिङ परिषद्को लाइसेन्स परीक्षाको आवेदन खुलेको छ। असार १५ र १८ गते परीक्षा हुँदै छ। उक्त परीक्षामा सामेल हुनेले भोलिबाट अनलाइन फारम बुझाउन नेपाल नर्सिङ परिषद्ले आह्वान गरेको छ । परिषद्ले दिएको जानकारी अनुसार असार ५ गतेसम्म आवेदन फारम भर्न सकिने छ।
विलम्ब शुल्क तिरेर ६ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिने परिषद्ले जनाएको छ। पीसीएल नर्सिङ र बीएससी नर्सिङको परीक्षा असार १५ गते र मिडवाइफ र विशेषज्ञ नर्सको १८ गते हुने पनि परिषद्ले जानकारि दिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend