६ जेठ , काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तारूढ तथा प्रमुख प्रतिपक्षी दलबीच सहमति जुटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो ।
यसअघि कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेमाथि केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने एकपक्षीय माग राख्दै आएको थियो ।
समितिको कार्यादेश र कार्यविधि के हुने भन्नेबारेमा कार्यदलले आइतबार निर्धारण गर्ने सहमति भएको छ।
समिति बन्ने भएसँगै आइतबारको संसद् बैठक सहज रूपमा अघि बढ्ने भएको छ। यसअघि गृहमन्त्री लामिछाने माथि सहकारी ठगीमा संलग्न भएको निराधार आरोप लगाउदै काङ्ग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend