सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने

२९ वैशाख , काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणको लागि ठुलो रकम सहयोग गर्ने घोषणा गरेका छन् ।  भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका  गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका हुन् ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

शुक्रबार (२८ वैशाख ) अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेर सो परियोजना सम्बन्धि जानकारी लिँदै उक्त सहयोगको घोषणा गरेका हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend