बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सुहाङ नेम्वाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ

सुहाङ नेम्वाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

२६ वैशाख ,काठमाडौं । यही वैशाख १५ गते  इलाम- २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेबाट निर्वाचित सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले काठमाडौंको बानेश्वरस्थित संसद भवनमा एक समारोहबीच नेम्वाङलाई शपथ ग्रहण गराएका हुन्। सभामुख घिमिरेले  उनलाई प्रतिनिधिसभा सदस्यको लोगो पनि  लगाइदिए ।

उक्त  उपनिर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।

सुहाङले २७ हजार ७७२ भोट पाउँदा कांग्रेसका खड्काले २१ हजार ९४२ भोट ल्याएका थिए ।

सुहाङ संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्षसमेत रहेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend