बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको संचालन आम्दानी ११ करोड भन्दा बढी

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको संचालन आम्दानी ११ करोड भन्दा बढी

भक्तपुर । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/०८० को वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष उद्ववराज शिवाकोटीको सभापतित्वमा बैशाख २३ गते भक्तपुरमा सम्पन्न साधारणसभाले कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

साधारणसभाले संचालक समितिको आ. व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु लगायत पनि सभाबाट पारित भए।

सभाले सर्वसाधारण समुहको प्रतिनिधित्व गर्दै राकेश श्रेष्ठलाई संचालक समितिमा निर्वाचित गरेको छ।

कार्यक्रममा कम्पनीका अध्यक्ष शिवाकोटीले जलवायु परिवर्तन र वन विनाशको कारण खोलामा पानी सुक्दै गएको कारण आयोजनाको उत्पादनमा कमी आउन थालेकोमा चिन्ता व्यक्त गरे। हाल यस कम्पनीले खोटाङ जिल्लामा ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजना सम्पन्न गरि व्यवसायीक उत्पादन गरिरहेको छ।

समीक्षा आर्थिक वर्षमा यस कम्पनीले विद्युत बिक्रीबाट तथा अन्य आम्दानी गरि रु. १३१,९८१,३२०/- जम्मा आम्दानी गरेको छ। कम्पनीको संचालन मुनाफा रु.११८,९६०,५२७/- रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend