बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

महाराजगन्जमा अन्तर्राष्ट्रिय स्तरको ‘सेल्सबेरी सुपरस्टोर’ संचालनमा

महाराजगन्जमा अन्तर्राष्ट्रिय स्तरको ‘सेल्सबेरी सुपरस्टोर’ संचालनमा

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

२० बैशाख , काठमाडौं । सेल्सवेरी डिपार्टमेण्टल स्टोरले बैशाख २१ गतेदेखि काठमाडौंको महाराजगन्जमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक भवनमा ‘सेल्सबेरी सुपरस्टोर’ को भव्य सुरुवात गर्दैछ। सोही दिनबाट सेल्सवेरीले आफ्‌नो अर्को शाखा काठमाडौमा अवस्थित कालिमाटी ट्रेड सेन्टरबाट पनि संचालनमा ल्याउदैछ।

२ अर्ब ७५ करोड रुपैयाँ लगानीमा यो व्यापारीक केन्द्र बनेको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्‍गले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

नौ रोपनी क्षेत्रफल ओगटेको १६ तला अग्लो सेल्सबेरी सुपरस्टोरको यसअघि नै ‘सफ्ट ओपनिङ’ यसअघि नै भइसकेको छ ।

युरोपेली मापदण्ड अनुसार बनेको सुपरस्टोरलाई नेपालकै ‘सुपर सपिङ डेस्टिनेसन’ बनाउने उद्देश्य लिएर पाँच वर्षदेखि तयारी  गरेको अनुभव सीईओ प्रधानाङ्‍गले सुनाए ।

सेलवेज ग्रुप अन्तर्गत विगत १० वर्षदेखि सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. ले सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत आफ्‌नो व्यापार, व्यबसाय संचालन गर्दै आइरहेको छ।

यससम्बन्धी जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी अधिकृत प्रधानाङ्गले गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई सेल्सवेरी स्टोरले आफ्नो मुलमन्त्र बनाएको बताए ।

कम्पनीले सन २०२६ सम्म १०० वटा शाखा विस्तार गरी २,००० जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए। सेल्सवेरीले आफनो व्यवसाय संग संगै सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा विभिन्न क्रियाकलापहरु पनि गर्दै आइरहेको उनले बताए।

सेल्सवेरीले महाराजगंज, काठमाडौंमा संचालनमा ल्याउने अन्तराष्ट्रिय स्तरको अत्याधुनिक भवन मार्फत ग्राहकवर्गहरुको लागि अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गरि एक वेग्लै खालको किनमेलको आनन्द दिने विश्वास लिएको छ। साथै उक्त अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको विश्व स्तरीय रेष्टुरेण्ट लगायत  स्वदेशी र अन्तराष्ट्रिय गुणस्तरका  सामानहरु उचित मुल्यमा उपलब्ध गराउने कम्पनीले बताएको  छ।

उक्त अत्याधुनिक भवनमा ४ तल्ला Basement Parking रहनुका साथै भुई तल्ला देखि छैठौं तल्ला सम्म डिपार्टमेण्टल स्टोर संचालन हुनेछ । सात र आठ तल्लामा विभिन्न कपर्पोरेट अफिसहरु रहनेछ। नवौं, दसौं तथा एघारौ तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा सुविधा सहितको रेष्टुरेण्ट एवम् बार संचालन हुनेछ । बाह्रौ तल्लामा स्वीमिंग पुल, ज्याकुजी, बियर गार्डन, कफि लाउन्ज तथा Event Centre सचालन हुनेछ । उक्त भवनको तेर्हौ तल्लामा भ्यू टावर रहेको र त्यहां बाट काठमाडौं उपत्यका ३६० डिग्रिमा दृस्यावलोकन गर्न सकिनेछ । उक्त अत्याधुनिक भवनमा सेल्सवेरी ब्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा संचालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट शपिंग डेस्टीनेशन हुने विश्वास कम्पनीको रहेको छ।

महाराजगंज, काठमाडौंको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको भव्य सुरुवातको अवसरमा कम्पनीले ग्राहकका लागि Lucky Draw Scheme मार्फत बम्पर पुरस्कारको रुपमा एमजी कमेट ब्राण्डको इलेक्ट्रिक कार तथा प्रथम पुरस्कार वापत एक इलेक्ट्रिक स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गर्ने जानकारी दिएको छ।

साथै कम्पनीले यसै आर्थिक वर्षको अन्त्य सम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु संचालनमा ल्याउने जनाएको छ।  हरेक वर्ष सानो, मध्यम तथा ठुलो स्तरको १०-१५ वटासम्म शाखा विस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जानकारी गराएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend