सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो

२० वैशाख, काठमाडौं । सुनको मूल्य तोलामा आज दुई हजार रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मूल्य तोलाको एक लाख ३४ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको मूल्यमा उतारचढाव भइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर आज एक हजार छ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend