१४ जेठ,काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहको आयोजनामा ललितपुरमा जेठ १७ गते देखि प्रथम ललितपुर जुत्ता चप्पल मेला–२०८० आयोजना हुने भएको छ । जावलाखेलस्थित मैदानमा आयोजना हुने मेला असार १७ गतेसम्म चल्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
मेलाका संयोजक दिवाकर गिरीले आम जनतालाई स्वदेशी वस्तुको प्रयोग गर्ने भावनाको विकास गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको बताए । उनले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीहरुलाई राहत दिने उद्देश्य पनि रहेको बताए ।
मेलामा नेपालमा नै उत्पादित चर्चित ९ वटा कम्पनी तथा ब्राण्डका जुत्ता चप्पल खरिद गर्न पाइने छ । मेलामा ३ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पल उपलब्ध हुनेछन् । मेलामा २० देखि ५० प्रतिशतसम्म विशेष छुटको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ । मेला अवधिमा ३ लाखलाई मेलाको अवलोकन गराउने र पाँच करोड बराबरको कारोबार गराउने लक्ष्य राखेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend