काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् ।

जेठ १३ गते शनिबार सम्पन्न सिडेनको अधिवेशनबाट केसी सातौं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षसहित पुरै समुहमा उनको प्यानल विजयी भएको हो। सिडेनको केन्द्रीयसँगै प्रदेशहरूको समेत कार्य समिति चयन भएका छन ।
सिडेनका संस्थापक तथा पूर्व उपाध्यक्षसमेत रहेका केसीले यो पटकको नेतृत्व आफूले पाएमा धेरै काम गर्ने बताएका थिए । अक्मी इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेका केसीले अमेरिकाको युनिभर्सिटी हवाईबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन् ।
केसीले विश्व बैंक, आईएलओ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा कन्सल्टेन्टको रूपमा समेत काम गरिसकेका छन् ।
अमेरिकामा मास्टरको पढाई सकेपछि केही समय पेशागत काम समेत गरेका थिए । त्यसपछि नेपाल फर्किएर अहिले आफ्नो कर्मसँगै सामाजिक कार्यमा समेत सक्रिय छन् ।
अहिले उनी नेपाल इन्टिग्रिडेड रिसर्च एण्ड डेभ्लपमेन्ट फाउन्डेशनको एक्जुकेटिभ डाइरेक्टर छन् । त्यस्तै एक्जुकेटिभ कन्सल्टिङ इन्जिनियर्स एण्ड प्लानर्सको डाइरेक्टर समेत छन् ।
नवनिर्वाचित केसी महामन्त्री गगन थापा र प्रदीप पौडेल निकट मानिन्छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend