बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह जेठ १५ गतेदेखि १९ गतेसम्म मनाउने

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह जेठ १५ गतेदेखि १९ गतेसम्म मनाउने

खबरब्रेकिंग, काठमाडौं, जेठ १४ गते। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह जेठ १५ गतेदेखि १९ गतेसम्म मनाउने भएको छ।

यो कार्यसप्ताह नेपालसहित विश्वभरका १५० भन्दा बढी देशमा मनाउन लागिएको हो। शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल) का अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा क्षेत्रका विभिन्न मागहरूलाई सम्बोधन गराउने उद्देश्यले कार्यसप्ताह आयोजना गर्न लागिएको बताए।

कार्यसप्ताहका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पहाडीले कार्यसप्ताहमा विभिन्न कार्यक्रम गर्न लागिएको बताए । शिक्षा क्षेत्रको विकासका लागि शिक्षाको बजेटमा २० प्रतिशत बजेट छुट्टाउनुपर्ने उनले बताए।

कार्यसप्ताह अन्तर्गत केन्द्र र प्रदेश तथा स्थानीय तह गरेर विभिन्न कार्यक्रम गर्न लागिएको अध्यक्ष पहाडीले बताए। सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्न दबाब सिर्जना गर्न विभिन्न सरोकारवालाहरूबाट कम्तीमा ५० हजार हस्ताक्षर सङ्कलन र हस्तान्तरण गर्ने कार्यक्रम छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend