सोमबार, कार्तिक १० २०८३

सोमबार, कार्तिक १० २०८३

सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजश्वको दायरामा ल्याउनु पर्छः चेम्बर अध्यक्ष मल्ल

सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजश्वको दायरामा ल्याउनु पर्छः चेम्बर अध्यक्ष मल्ल

खबरब्रेकिंग,काठमाडौँ, जेठ १३ गते। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजश्व घटिरहेको सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका छन । उनले भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले भने, ‘विश्व व्यापार सङ्गठनबाट निर्धारित मूल्याङ्कन पद्धतिमा रहेर भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्दछ ।’ भन्सार नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेनटाइन ल्याबको उचित व्यवस्थापन गरेर आयात निर्यातलाई प्रभावकारी बनाउन समेत अध्यक्ष मल्लले आग्रह गरे । भन्सार कार्यालयको कारणले हुने ढिलाइमा डेमरेज, डिटेन्सन तिर्नुपर्ने अवस्थाको निराकरण हुनुपर्ने उनको भनाई छ ।

अध्यक्ष मल्लले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजश्वको दायरामा ल्याउनुपर्नेमा समेत जोड दिए । सोको लागि बिल लिने÷दिने व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न समेत उनले सरकारको ध्यानाकर्षण गराए । करको दर वृद्धि गरिनु भन्दा दायरा बढाइनु पर्ने भन्दै अध्यक्ष मल्लले यसका लागि नागरिकता वितरण गर्दा सँगै पान कार्ड पनि दिलाउनुपर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend