सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सेयर बजारका लगानीकर्ताहरूले देउवालाई बुझाए ६ बुँदे ज्ञापनपत्र

सेयर बजारका लगानीकर्ताहरूले देउवालाई बुझाए ६ बुँदे ज्ञापनपत्र

खबरब्रेकिंग, काठमाडौं, जेठ १२ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सेयर बजारका लगानीकर्ताहरुले ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। सभापति देउवासँग भेट गरी लगानीकर्ताहरुले पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन्।

बिहिबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले सभापति देउवालाई भेटेका हुन्।उनीहरुले प्रमुख मागका रुपमा रहेका खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend