शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

हिमालय उर्जा विकास कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने

हिमालय उर्जा विकास कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले चुक्ता पुँजीको १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ। सोही प्रयोजनका लागि कम्पनीको बाइसौँ वार्षिक साधारणसभाले अधिकृत पुँजी र जारी पुँजी वृद्धि गरि दुबै रु.२ अर्ब ५० करोड कायम गर्ने प्रस्ताव पारित गरेको छ। हकप्रद शेयर जारी भएपछि कम्पनीलाई कुल रु.९९ करोड थप पुँजी संकलन हुनेछ जुन बैंकको ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ।

अध्यक्ष हरि प्रसाद पाण्डेको अध्यक्षतामा जेठ ९ गते मंगलवार सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रगति प्रतिवेदन र वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

यस कम्पनीले विकास गरेका रामेछाप र दोलखा जिल्लाको सिमाना भई बहने खिम्ती खोलामा उपल्लो खिम्ती (१२ मे.वा.) र अपर खिम्ती -२( ७ मे. वा.) का दुई जलविद्युत आयोजनाहरु निर्माणाधिन रहेका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend