शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

युवा संघ नेपालको ‘सेभेन-ए साइड फुटबल’ उपाधि ‘फुटसल फाईभ ‘लाई

युवा संघ नेपालको ‘सेभेन-ए साइड फुटबल’ उपाधि ‘फुटसल फाईभ ‘लाई

काठमाडौं । युवा संघ नेपाल-पिपुल्स भोलुन्टियर्सले ३०औं मदन-आश्रित स्मृति दिवसका सन्दर्भमा जेठ ३-८ मा आयोजना गरेको7A Side फुटबल प्रतियोगिताको शिर्ष उपाधि Futsal-5 ले हात पारेको छ। विजेता बनेसंगै क्लबले ट्रफिसहित रु.३ लाख पुरस्कार जितेको छ।

प्रतियोगितामा Royal FC ले दोस्रो र Kurdan FC ले तेस्रो स्थान प्राप्त गर्दै क्रमशः रु. २ लाख र रु. १ लाख पुरस्कार जितेका छन ।

प्रतियोगितामा Man of The Match Final को उपाधि Futsal-5 का सरोज तामाङ्ग ,Best Goalkeeper of The Tournament , Royal FC का अजित रानामगर र Player of The Tournament , Futsal-5 का सन्दिप कार्कीले जितेका छन।

मनमैँजुस्थित G4-Footsal मा सम्पन्न प्रतियोगिताका विजयी क्लब र खेलाडीहरुलाई एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल , गण्डकी प्रदेश सांसद राजिव गुरुङ , युवा संघ नेपाल-पिपुल्स भोलुन्टियर्सका अध्यक्ष शिव कुमार श्रेष्ठ , प्रतियोगिता संयोजक तिर्थ लाल श्रेष्ठ लगायतले ट्रफि र पुरस्कार प्रदान गरे। प्रतियोगिताले युवाहरूमा सकारात्मक सोचको विकासमा सहयोग पुर्याउने आयोजकहरुको अपेक्षा रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend