सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भ्रष्टाचारीलाई कारबाही गरेकोमा जनता खुशि भएका छनः प्रधानमन्त्री

भ्रष्टाचारीलाई कारबाही गरेकोमा जनता खुशि भएका छनः प्रधानमन्त्री

खबरब्रेकिंग, काठमाडौँ, जेठ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गरेकोमा जनता खुशि भएको बताएका छन । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको बर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा र चौथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन ।
‘भ्रष्टाचारीलाई गरेको कारबाहीप्रति आम जनताले विभिन्न माध्यमबाट समर्थन र ऐक्यवद्धता जनाउनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भन्ने खबरदारी गर्नुभएको छ, त्यसप्रति सम्मान व्यक्त गर्दछु।’ सरकारले जनताको भावनाको कदर गर्दै दृढतापूर्वक अघि बढ्ने पनि उनले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend