खबरब्रेकिंग, काठमाडौँ, जेठ १ गते । नेपाली चलचित्र नम्बरी सुनको टाइटल गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्र नम्बरी सुनको टाइटल गीत सार्वजनिक गरिएको हो ।
राजु गिरीको निर्देशन रहेको चलचित्रमा पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल र किरण नेपाली फिचर्ड रहेका छन् । आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा राजेन्द्र खड्गी, बुद्धि तामाङ, सविन बास्तोला, विनोद न्यौपाने र गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend