खबरब्रेकिंग,काठमाडौं बैशाख ३१ गते । आज आइतबार नेपाली बजारमा सुनको मूल्य यथावत् रहेको छ। आइतबार पनि शुक्रबारकै दररेटमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार भने सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो। आइतबार चाँदीको मूल्य पनि यथावत् रहको छ। शुक्रबारजस्तै आइतबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend