काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारणसभा वैशाख २९ गते शुक्रबार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष खिमलाल पौड्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को संचालक समितिको प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
समिक्षा आर्थिक वर्षको वासलात,लेखापरिक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
संस्थाको निक्षेप परिचालन २०७९ को असार मसान्तसम्ममा २१.६५ प्रतिशतले वृद्धि भई रु. ३ अरब ६० करोड पुगेको छ। त्यसैगरी, कर्जातर्फ ५१.३० प्रतिशतले वृद्धि भई रु.३ अरब २० करोड र नाफामा ६६.६३ प्रतिशतले वृद्धि भएर रु. १३ करोड ६१ लाख २५ हजार रहेको प्रतिवेदनमा जनाइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend