खबरब्रेकिंग,काठमाडौँ, बैशाख ३० गते । काठमाडौं महानगरपालिकाले काठमाडौंवासीका लागि २४ सैँ घण्टा निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने व्यवस्था गरेको छ।
१०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने महानगरले जनाएको छ। यो सुविधाको लागि बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। महानगरका मेयर बालेन्द्र ९बालेन० शाहले काठमाडौंमा एम्बुलेन्स सेवा निःशुल्क गरिएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘काठमाडौं भरी २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन।’
स्वास्थ्यखबर पत्रिकाले यसअघि आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा कोभिड महामारीमा योगदान गरेको भन्दै निःशुल्क सेवा दिने नेपाल एम्बुलेन्स सर्भिसलाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड प्रदान समेत गरेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend