खबरब्रेकिंग, जनकपुरधाम, बैशाख २९ गते। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धूमिल भएकाले अनुसन्धानका क्रममा दोषी देखिएका सबैलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन ।
शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका जसपा अध्यक्ष यादवले यस्तो बताएका हुन । नक्कली शरणार्थी प्रकरणमा पूर्वाग्रहरहित ढंगले अनुसन्धानका साथै निष्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend