खबरब्रेकिंग,काठमाडौं, बैशाख २९ गते। दाङमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पा रुन्टीगढी गाउँपालिका ३ बस्ने २१ वर्षका चन्द्र बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार विहीबार साँझ करिब ६ बजेतिर घोराही उपमहानगरपालिका १४ स्थित आर्मी ब्यारेक नजिक रा १ ख १२०१ नम्बरको बस र रा ३ प ४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए।
मोटरसाइकल चालक नेपालीलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको थियो। उनको उपचारको क्रममा साँझ करिब पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend