सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कृषि ऐन बनाउने तयारी भइरहेको छः मन्त्री भुसाल

कृषि ऐन बनाउने तयारी भइरहेको छः मन्त्री भुसाल

खबरब्रेकिंग,काठमाडौं, बैशाख २८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि ऐन बनाउने तयारी भइरहेको जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री भुसालले यस्तो जानकारी दिएका हुन । उनले नेपाल कृषिप्रधान देश भए पनि कृषि सम्बन्धी कुनै ऐन नभएकाले कृषि ऐन बनाउनका लागि मस्यौदा बनाउने काम भइरहेको जानकारी गराए । मूल कृषि ऐन बनाउँदा यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहज हुने उनले बताए ।

अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बजेटको समस्या हुने गरेको उनले बताए ।​ अहिले रैथाने बालीलाई पनि प्राथमिकतामा राख्दै जमिन र बढी उत्पादनशील बिउ आवश्यक रहेको उनले उल्लेख गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend