खबरब्रेकिंग, जनकपुर, बैशाख २८ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा सरकार पुनः गठन हुनुपर्ने माग गरेका छन् ।
आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले यस्तो माग राखेका हुन । उनले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए सरह नै मधेस प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरूप परिमार्जन हुनुपर्ने बताए ।
अध्यक्ष ठाकुरले मधेस प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताए । गठन्धनको मर्मअनुसार मधेस सरकारको नेतृत्वमा अव लोसपाकै पालो हुनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend