सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

यो सरकारले अर्थतन्त्र उकास्न नसक्ने योगेश भट्टराईको टिप्पणी

यो सरकारले अर्थतन्त्र उकास्न नसक्ने योगेश भट्टराईको टिप्पणी

खबरब्रेकिंग, काठमाडौं, बैशाख २६ गते । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले यो सरकारले अर्थतन्त्र उकास्न नसक्ने टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले यस्तो बताएका हुन्। वर्तमान सत्तागठबन्धन फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न नसक्ने उनको दाबी छ । वर्तमान सरकारलाई विदेशी र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको उनको भनाई छ ।

‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन्। कर्मचारीतन्त्र चलेकै छैनन्। कर्मचारीले विश्वास गरेका छैनन्। विदेशीले विश्वास गरेका छैनन्। नेपाली लगानीकर्ताले विश्वास गरेका छैनन्। अब यो जोडी कायम राख्ने कि जोडी बदल्ने कि छोड्ने यो ठाउँमा छलफल गर्नुपर्छ। यही जोडी कायम राख्ने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्लप हुने निश्चित छ,’ उनले भने।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend