सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विविध कार्यक्रम आयोजना गरी कानून दिवस मनाइयो

विविध कार्यक्रम आयोजना गरी कानून दिवस मनाइयो

खबरब्रेकिंग, काठमाडौं, बैशाख २६ गते । नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानुन दिवसका रुपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने २००९ वैशाख २६ गतेबाट लागू भएको थियो ।

सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ । कानून दिवसका अवसरमा सर्वोच्च अदालतले मंगलबार काठमाडौंमा चियापान समारोहको आयोजना गरेको थियो । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend